हरिनासमा महिला सशक्तिकरण तालिम सुरु

स्याङ्जा | फागुन १६, २०७९

हरिनासमा महिला सशक्तिकरण तालिम सुरु

स्याङ्जा:   स्याङ्जाको हरिनास गाँउपालिकामा महिला सशक्तिकरणको लागि उद्घोषण तथा भाषण तालिम सुरु भएको छ । एक समारोहका बीच हरिनास गाँउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले तालिमको उद्घाटन गरे ।

  
हरिनास गाँउपालिकाका महिला जनप्रतिनिधीहरुको क्षमता र व्यक्तित्व विकासका लागि तालिमको आयोजना गरिएको उपाध्यक्ष इन्द्र कुमारी थापा रानाले जानकारी दिईन ।


उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष ओम प्रकास सिग्देल, स्वकीय सचिव पर्शुराम सिग्देल लगायतकाको उपस्थिति रहेको थियो । पाँच दिन सम्म चल्ने तालिममा सञ्चार कर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गर्नेछन् । तालिममा कुल २० जनाको सहभागीता रहेको छ । आजदेखि सुरु भएको  तालिम फागुन २० गतेसम्म चल्नेछ । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्